कोइला खानी बिष्फाेटमा हुँदा १२ जनाकाे मृत्यु



एजेन्सी ।

पाकिस्तानको बलुचिस्तान प्रान्तमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी १२ जनाको मृत्यु भएको छ । उक्त विस्फोट निकै शक्तिशाली भएको अधिकारीले बताएका छन् । जसका कारण कोइला खानी भत्किँदा १२ जनाको ज्यान गएको थियो ।

अधिकारीका अनुसार उक्त दुर्घटनापछि खानीबाट करिब आठ जनाको उद्धार गरिएको छ । डन अखबारको समाचार अनुसार यो घटना हर्नाई जिल्लाको जर्दालो क्षेत्रमा भएको हो ।

समाचार अनुसार बलुचिस्तानका मुख्य खानी निरीक्षक अब्दुल घानी बलोचलाई उद्धृत गर्दै भनिएको छ कि मध्यरातमा मिथेन ग्यास विस्फोट हुँदा लगभग २० जना भित्र उपस्थित थिए। विष्फोटपछि उद्दार कार्य सुरु गरिएको उक्त अधिकारीले बुधबार कुरा गरेको जानकारी दिए । उद्धार टोलीले १२ जनाको शव निकालेको छ भने ८ जनालाई अस्पतालमा भर्ना गरिएको छ।

यसैबीच, प्रधानमन्त्री शहबाज सरिफले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति दुःख व्यक्त गरेका छन् । रेडियो पाकिस्तानका अनुसार प्रधानमन्त्री शाहबाजले घाइतेहरूलाई सम्भावित सबै उपचार उपलब्ध गराउन निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्