प्राध्यापक मात्र शिक्षाध्यक्ष र रजिस्टार हुन पाउने



काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयले शिक्षाध्यक्ष र रजिस्टारका लागि अबदेखि सहप्राध्यापकले आवेदन दिन नपाउने भएको छ। त्रिविले पूर्ववत मापदण्डलाई परिवर्तन गर्दै यसपटक न्यूनतम योग्यता प्राध्यापक हुनुपर्ने मापदण्ड बनाएको छ।

त्रिवि उपकुलपतिले मंगलबार सार्वजनिक सूचना जारी गरी शिक्षाध्यक्ष र रजिस्टार नियुक्तिका लागि प्राध्यापक भएको व्यक्तिले मात्र आवेदन दिई व्यक्तिगत विवरण पेस गर्न आह्वान गर्नुभएको हो।

यसअघि ती दुवै पदका लागि सहप्राध्यपकले पनि आवेदन दिन सक्ने व्यवस्था थियो भने भागबण्डाको आधारमा सत्ता गठबन्धनले बाडीचुँडी रेक्टर र रजिस्टार लिने प्रचलन थियो। उपकुलपति प्राडा केशरजंग बरालले पदबहालीको क्रममा आफूले विज्ञता हासिल गरेका व्यक्तिलाई मात्र रजिस्टार र रेक्टरमा नियुक्ति गर्ने बताउनुभएको थियो।

सूचनामा त्रिवि ऐन २०४९ को परिच्छेद १९ को १ बमोजिम शिक्षाध्यक्ष पद र सोही ऐनको परिच्छेद २० को १ बमोजिम रजिस्टार पदमा काम गर्न ईच्छुक प्राध्यापकहरूले सातदिनभित्र त्रिवि उपकुलपतिको इमेलमा बायोडाटा पठाउन आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्