पिएनजीविरुद्ध नेपालको तेस्रो विकेट पतन



काठमाडौं ।

त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो खेलमा पपुवा न्युगिनी (पिएनजी)विरुद्ध पहिले ब्याटिङ गरिरहेको नेपालले तीन विकेट गुमाएको छ।

पहिलो विकेटका रुपमा नेपालले विनोद भण्डारीलाई गुमाएको हो। भण्डारीले २२ बलमा २७ रन बनाए। दोस्रो विकेटका रुपमा नेपालका कप्तान रोहित पौडेल एक रन बनाएर आउट भए। तेस्रो विकेटका रुपमा आरिफ शेख  आउट भए। उनले ४ रन जोडे। पिएनजीका लागि नोसैना पोकना, असद भाला र जोन कारिकोले १/१ विकेट लिए।

अहिले क्रिजमा सन्दिप जोरा आएका छन्। कुशल भुर्तेलले भने उत्कृष्ट सुरुवात गरेका छन्। नेपालले यतिबेला ९.३ ओभरको समाप्तिमा ७० बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्