बङ्गलादेशले जित्यो यु -१६ को उपाधि



काठमाडौं । 

बङ्गलादेशले साफ यू–१६ वुमेन्स च्याम्पियनसिपको उपाधि जितेको छ ।

आईतबार भारतलाई टाईब्रेकरमा हराउँदै बंगलादेश च्याम्पियन बनेको हो । निर्धारित समयको खेल एक–एक गोलको बराबरीमा सकिएपछि विजेताको निर्णय टाईब्रेकरमार्फत गरिएको थियो । टाईब्रेकरमा बंगलादेशकी किपर इयरजान बेगमले उत्कृष्ट प्रर्दशन गरेकी थिईन् । उनले भारतीय खेलाडीको प्रहारलाई असफल बनाएपछि उपाधि रक्षा गर्न सफल भयो । पेनाल्टीमा बंगलादेशका मारियम बिन्ता हाना, तानिया अख्तर फोमी र साथी मुन्डाले गोल गरे ।

बंगलादेशबाट पहिलो प्रहारका निम्ति सौरवी अखन्डा प्रीति आएकी थिइन् । उनको प्रहारलाई भारतकी गोलकिपरले विफल बनाइन् । अल्पी अख्तरको प्रहार पोस्टमा लागेर फर्कियो ।भारतका स्भेता रानी र अन्विता राघुरमनले गोल गरे । भारतका अलिना देवी सरागंथेम, बोनिफिलिया सुुल्लाई र दिव्यानी लिन्डाको प्रहारलाई बंगलादेशकी गोलकिपरले विफल बनाइन् । त्यसअघि, खेलमा अग्रता भारतले बनाएको थियो । भारतकी अनुष्का कुमारीले गोल गर्दै अग्रतामा राखेकी थिइन् । ७१औँ मिनेटमा कप्तान अप्रिता विश्वासले गोल गर्दै बंगलादेशलाई खेलमा फर्काएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्