हङकङसँग नेपाल ७३ रनले पराजित



काठमाडौं ।

हङकङविरुद्धको मैत्रीपूर्ण टी-२० खेलमा नेपाल ७३ रनले पराजित भएको छ ।

घरेलु मैदानमा हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६.४ ओभरमा १३९ रन बनाउँदा अलआउट भयो ।

नेपालका लागि विनोद भण्डारीले ४२, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रन बनाउनुबाहेक अरु ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

२२ बल खेलेका विनोदले ४ चौका र ३ छक्काको मद्दतमा ४२ रन बनाएका थिए आरिफले २१ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३८ रन बनाएका थिए । त्यस्तै रोहितले २३ बलमा २ चौका र १ छक्काको मद्दतमा ३० रन बनाए।

कुशल भुर्तेल २ रनमा आउट भए भने गुल्सन झा ८, रासिद खान ३, सन्दीप जोरा र आकाश चन्द २/२ रन, विवेक यादवले १ रन बनाए । प्रतिश जिसी भने शून्य रनमा आउट भए ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमार २१२ रन बनाएको थियो ।

त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्