टी-२० विश्वकपको तयारीका लागि क्रिकेट टोलीलाई सरकारले ५ करोड दिने



 काठमाडौं ।

सरकारले आउँदो जेठमा अमेरिका र वेष्ट इण्डिजमा हुने टी-२० विश्वकपको तयारीका लागि ५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले विश्वकपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहभागिताको तयारीका लागि सरकारबाट पाँच करोड तयारी बजेट विनियोजन भएको जानकारी दिँदै सरकारलाई धन्यवाद दिएको छ ।

सरकारको यो साथ र सहयोगले समग्र नेपाली क्रिकेटको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने क्यानले स्पष्ट पारेको छ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्यानले प्रस्तुत गरको योजनाका लागि आवश्यक रकम सरकारबाट पूर्ण रुपमा निकासा भएको जानकारी दिएका छन् ।

नेपालले टि २० विश्वकपको समूह ‘डी’ मा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्ड्ससँग अमेरिकाको टेक्ससमा र दोस्रो खेल ११ जुनमा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ ।

त्यसपछि बाँकी दुई खेल वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा हुनेछ । दक्षिण अफ्रिकासँग १४ जुन र बंगलादेशसँग १६ जुनमा खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्