महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो जरिवाना

2.91k
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालनमा रहेको क्यान्टिनलाई कारबाही गरेको छ। महानगरको कार्यालयमा संचालित नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना तिराइएको हो।

महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए। अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिवाना गरिएको महानगरले बताइएको छ।