इन्टर मियामीको फराकिलो जित



काठमाडौं ।

अमेरिकन मेजर लिग सकर अन्तर्गत इन्टर मियामीले फराकिलो जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले ओर्लान्डो सिटीलाई ५-० गोल अन्तरले पराजित गरेको हो।

इन्टर मियामीको जितमा लुयोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरेका थिए भने रोबेर्ट टेलरले एक गोल गरेका थिए। नयाँ सिजनमा इन्टर मियामीको यो दोस्रो जित हो भने एक खेल बराबरी खेलेको थियो।

३ खेलमा दोस्रो जित हासिल गरेको इन्टर मियामी ७ अङ्कसहित शीर्ष स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्