साफ यू–१६ महिला फुटबल: बंगलादेशसँग नेपाल पराजित



काठमाडौँ ।

नेपालले आज साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत पहिलो खेलमा बंगालदेशसँग हार बेहोरेको छ ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको हो । बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरेकी थिइन् ।

शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानलाई ७-० गोल अन्तरले पराजित गरेको थियो ।

अब प्रतियोगिताको अर्को खेल सोमबार भुटान र नेपालको भिडन्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्