ह्वाइट आइल्याण्ड ज्वालामुखी: विष्फाेटकाे सुचना नदिएकाे भन्दै पीडितलाई लाखौं तिर्न आदेश



न्यूजील्याण्ड।

ज्वालामुखीका विष्फोटको जानकारी नदिएको भन्दै पीडितलाइ लाखौं क्षतिपुर्ति दिन न्युजील्याण्डको एक अदालतको आदेश दिएको छ ।

न्युजील्याण्डको एक अदालतले ह्वाइट आइल्याण्ड ज्वालामुखी प्रकोपका पीडितहरूलाई ४।८ मिलियन अमेरिकन डलर क्षतिपूर्ति दिन आदेश दिएको हो ।

डिसेम्बर २०१९ मा भएको सो ज्वालामुखी बिष्फोटमा परी २२ जनाको मृत्यु भएको थियो । सो टापुमा ४७ जना मानिसहरू ज्वालामुखीको भ्रमण गरिरहेको बेला त्यहाँ विस्फोट भएको थियो भने सो भ्रमण समूहको लगभग आधा मारिएका र अरू बाँकी सबै गम्भीर रूपमा घाइते भएका थिए ।

टापुको स्वामित्व र भ्रमण सञ्चालन गर्ने फर्महरूको वर्ष लापरवाही र सुरक्षा उल्लङ्घनमा दोषी पाए पछि न्युजील्याण्डको अदालतले सो आदेश दिएको हो ।

‘उचित जाँच प्रदान गर्न तिनीहरूको असफलताका कारण धेरैको जीवन बर्बाद भएको देखिन्छ,’ अदालत आफ्नो फैसालमा भनेको छ, ‘जबकी ज्वालामुखीले विष्फोटसम्मका हप्ताहरूमा तीव्र गतिविधिको संकेत देखाउँदै आएको थियो तर अपरेटरहरूले यसलाई बेवास्ता गरेको देखियो ।’

अकल्याण्ड जिल्ला अदालतले टापुको स्वामित्वमा रहेको कम्पनी वाकारी म्यानेजमेन्ट लिमिटेडलाई पीडितहरूलाई क्षतिपूर्ति ४.५७ मिलियन अमेरिकी डलर तिर्न आदेश दिएको न्युजील्याण्डका सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्