वाफ महिला च्याम्पियनसिप : नेपाललाई हराउँदै जोर्डन च्याम्पियन



काठमाडौं ।

नेपालले राष्ट्रिय महिला फुटबल टिम वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा जोर्डनसँग पराजित भएको छ ।  नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो ।

निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो ।  नेपाललाई हराउँदै जोर्डन छैटौँ पटक च्याम्पियन बनेको हो। जोर्डनसँग पराजित भएसँगै नेपालले खेलेको ११ औँ फाइनलमा आएर पनि उपविजेतामा नै सीमित बनेको छ।

प्रतिक्रिया दिनुहोस्