वाफ वुमन्स च्याम्पियनसिप : उपाधिका लागि नेपाल र जोर्डनबीच खेल सुरु



काठमाडौं ।

वाफ वुमन्स च्याम्पियनसिप फुटबलमा  उपाधिका लागि नेपाल र जोर्डनबीच खेल सुरु भएकाे छ ।

लेवनानलाई हराउँदै फाइनल पुगेको नेपालले जोर्डनसँग उपाधिकालागि प्रतिस्पर्धा गर्न लागेको हो । साउदी अरबको जेद्धामा हुने फाइनल खेल सुरु भएकाे छ ।

नेपाल र जोर्डन दुवै टिम अपराजित रहदै प्रतियोगिताको फाइनल पुगेका हुन् ।  नेपालले सेमिफाइनलमा लेवनानलाई २–१ ले हराएको थियो भने समूह चरणमा नेपालले सिरियालाई ४–१ ले, इराकलाई ५–० ले र प्यालेस्टाईनलाई ४–० ले पाखा लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्