नेदरल्यान्ड्सविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल



काठमाडौ ।

नेपालले त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ। टियु मैदानमा हुने यो खेलमा नेपालले टस जितेको छ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ।

मंगलबारदेखि शुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दै छ।  नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ।

आज अविनाश बोहोरा र विवेक यादवको ठाउमा ललित राजवंशी र प्रतिश जिसी प्लेइङ एघारमा सामेल गरिएको छ।

नेपाली प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी र प्रतिस जिसी ।

प्रतिक्रिया दिनुहोस्