त्रिदेशीय टी-२० सिरिज : आज नेदरल्यान्ड्सको सामना गर्दै नेपाल



काठमाडौं ।

नेपालले त्रिकोणात्मक टी-२० शृङ्खला अन्तर्गतको दोस्रो खेलमा आज नेदरल्यान्ड्सको सामना गर्दै छ। टियु क्रिकेट मैदानमा हुने यो खेल बिहान ११: ३० बजेदेखि सुरु हुने छ।

मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। यता नेदरल्यान्ड्सले भने सिरिजमा पहिलो खेल खेल्दै छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन्।

आईसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ। नामिबिया आईसीसी वरियतामा ११औँ स्थानमा रहेको छ भने नेदरल्यान्ड्स १५औँ स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्