नामिबियाविरुद्ध पहिले बलिङ गर्दै नेपाल



काठमाडौं ।

त्रिकोणात्मक टी–२० शृंखला अन्तर्गतको पहिलो खेलमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। नेपालविरुद्धको खेलमा नामिबियाले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। टस हारेको नेपालले पहिलो इनिङमा बलिङ गर्नेछ। नेपालको टोलीमा ओडीआई टोलीमा नरहेका अभिनाश बोहोरा, सन्दीप जोरा र विवेक यादव प्लेइङ-११ मा छन्।

नेपालले आगामी जुनमा हुने टि-२० विश्वकपको तयारी स्वरुप आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्ससँग  सिरिज खेल्न लागेको हो।

नेपालको टोली
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, अभिनाश बोहोरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक कुमार यादव, गुलशन झा, दीपेन्द्र सिंह ऐरी।

प्रतिक्रिया दिनुहोस्