नेदरल्यान्ड्सविरुद्ध टस हारेर ब्याटिङ गर्दै नेपाल

336
Shares

काठमाडौं ।

आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत सिरिजको अन्तिम खेलमा नेपाल अहिले नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै छ। नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर बलिङ रोज्दै घरेलु टोली नेपाललाई ब्याटिङको निम्तो दिएको हो।

आजको खेलमा नेपालले आफ्नो प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। नेपाली टिममा आरिफ शेख र गुल्सन झा खेल्दैछन्। देव खनाल र सोमपाल कामी बाहिरिएका छन्।

नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन्। जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ।

यस सिरिजमा ४ मध्ये ३ खेलमा जित हात पारेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यसै गरी नेदरल्यान्ड्सको ३ खेलमा २ अङ्क रहेको छ भने नेपालको पनि ३ खेलमा २ अङ्क नै छ। तर नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ।