नेपालले मलेसियालाई दियो ११६ रनको लक्ष्य


काठमाडौँ ।

नेपालले एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा मलेसियालाई ११६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै ११५ रन बनाएको हो ।

नेपालका लागि कप्तान इन्दु बर्माले सर्बाधिक २९ रन बनाएकी थिइन् भने कविता कुँवरले २३, रुबिना क्षेत्रीले २०, सिता राना मगरले ६, डोली भट्टले २५ र कविता जोशीले २ रन बनाएकी थिइन् ।

यस खेलको विजेताले फाइनलमा युएईसँग खेल्ने छ । युएईले आजै सम्पन्न पहिलो सेमिफाइनलमा थाइल्याण्डलाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।