क्रिकेट विश्वकप लिग–२

नेपालले गुमायाे सातौं विकेट



काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालको सातौं विकेट गुमाएको छ।

बिहीबार लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको पहिलो खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको नेपालले भिम सार्कीलाई  सातौं विकेटका रूपमा गुमाएको हो। उनलाई नामिबियाका गेर्हार्ड इरास्मसले आउट गरेका हुन्। उनले ४४ रनको योगदान गरे।

यसअघि सोमपाल कामी २ कुशल मल्ल १५ रन बनाएर आउट भएका थिए। यस्तै कप्तान रोहित पौडेल १ रन बनाएर आउट हुँदा ओपनर आशिफ शेख ४ अनिल साह ८ रन जोडे।

कुशल भुर्तेललाई नेपालले पहिलो विकेटका रूपमा गुमाएको थियो। उनी खेलको पहिलो बलमै आउट भएका थिए। २९ ओभरको खेल सकिँदा नेपाल ९८ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्