नेपालको चौथो विकेट पतन, एक रनमै आउट भए कप्तान पौडेल



काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध ब्याटिङ गरिरहेको नेपालको चौथो विकेट पतन भएको छ।

टीयू क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले कप्तान रोहित पौडेललाई चौथो विकेटका रुपमा गुमाएको हो। उनले १३ बलमा मात्र एक रन बनाए। यसअघि आसिफ शेख ४ अनिल साह ८ रन बनाएर आउट भए।

कुशल भुर्तेललाई नेपालले पहिलो विकेटका रूपमा गुमाएको थियो। उनी खेलको पहिलो बलमै आउट भएका थिए।नामिबियाका ज्याक ब्रासेल र रुबेन टम्पेलमेनले २/२ विकेट हात पारे। अहिले नेपाल १० ओभरको खेल चलिरहँदा २७ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्