विश्वकप लिग-२ : नामिबियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ को पहिलो खेलमा खेलमा नेपालले टस हारेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड एरास्मसले टस जितेर पहिला फिल्डिङ रोजेका छन्। यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ।

आजको खेलमा नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन्। पछिल्लो पटक घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियालाई हराएको छ। नेपालले त्यसै जितलाई निरन्तरता दिन चाहन्छ।

यता नामिबिया भने उक्त हारको बदला लिने दाउमा छ। नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन्।

त्यस्तै बेन्चमा सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् । त्यस्तै नामिबियाको प्लेइङ ११ मा कप्तान जेरार्ड एरास्मससहित जेन ग्रिन, जेजे स्मिथ माइकल भान लिंगेन, निकोल लोफ्टिइटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज छन्।

बेन्चमा जेपी कोट्जे, मलान क्रुगर, बेन शिकोंगो र सन फौसी छन् । घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि सुरु भएको हो।

उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ।

पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो।

प्रतिक्रिया दिनुहोस्