अनिल र देव लिग-२ खेल्ने टोलीमा समावेश



काठमाडौं ।

ओपनर अनिल शाह र मध्यक्रमका ब्याटर देव खनाल बिहीबारदेखि सुरु हुने आइसीसी लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीमा समेटिएका छन्।

क्यानडासँगको तीन ओडीआई खेलको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका शाह र खनाल नेपालको लिग-२ टोलीमा समेटिएका हुन्। अनिल र देवले १५ सदस्यीय टोलीमा स्थान बनाउँदा रिजन ढकाल र अर्जुन साउद भने बाहिरिएका छन्।

यसअघि क्यानडाविरुद्धको टोलीबाहिर रहेका अलराउन्डर दीपेन्द्रसिंह ऐरी, करण केसी र गुलशन झा टोलीमा फर्किएका छन्। नेपालले बिहीबार नामिबियासँग खेल्दै लिग-२ को सुरुवात गर्नेछ। शनिबार नेदल्यान्ड्ससँग खेल्ने छ।

प्रतिक्रिया दिनुहोस्