क्यानाडाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल



काठमाडौं ।

क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेको छ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्। यस अघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ।

नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो। अन्तिम खेलमा क्यानडालाई हराउँदै नेपाल सिरिज क्लीन स्वीप गर्ने योजनामा छ।

यस खेलबाट नेपालका हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गर्दै छन्। आजको खेलमा नेपालले कुल चार परिवर्तन गरेको छ।

प्रतिक्रिया दिनुहोस्