चक्रवर्ती कलेज सञ्चालकमाथि आफ्नै छोराले हाने खुकुरी



काठमाडौं ।

विजुलीबजारस्थित चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्र भण्डारीमाथि कुटपिट भएको छ । सोमबार राती छोरा निरजसहितको समूहले हतियार प्रहार गरी गम्भीर घाइते बनाएको छ ।

देवेन्द्रको नर्भिक अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार छोरा निरजले आफू कलेजको अध्यक्ष भएको दाबी गर्दै बाबु देवेन्द्रलाई प्रवेश गर्न नदिएपछि विवाद सुरु भएको थियो।

राती ११ बजे समूहसहित कलेज प्रवेश गर्न खोजेका देवेन्द्रलाई भित्र रहेका निरजसहितको समूहले आक्रमण गरेको थियो। आक्रमणमा परी उनको टाउमा चोट छ। प्रहरीले निरजसहित आक्रमणमा संलग्नलाई पक्राउ गरेको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्