माझी बनेर आयौ सार्वजनिक



काठमाडौं ।

गायिका बबिना भट्टराईको स्वरमा माझी बनेर आयौ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा शब्द रचना सुनीता प्रसाईंको छ भने संगीत गायिका भट्टराईकै रहेको छ।

गीतको भिडियो स्टुडियो भर्सनमा निर्माण गरिएको छ। भिडियोमा गायिका स्वयं फिचर्ड छिन्। भिडियोमा उनले गरेको लिप्सिङले दर्शक प्रत्यक्ष गीतको अडियोसँग केन्द्रित हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस्