अभिनेता सम्राट सापकोटा अब गायक, ल्याए हल्दारसापकी छोरी



काठमाडौं ।

कुशल अभिनेता, रंगकर्मी, नाटक निर्देशक तथा फिल्म निर्देशकको बहुआयामिक परिचय बनाउन सफल सम्राट सापकोटाले आफ्नो पहिचानमा गायक पनि थपेका छन्।

सापकोटाले पहिलोपटक गीत गाएर रेकर्ड गराई आफूलाई गायकका रूपमा पनि प्रस्तुत गरेका हुन्। उनले पहिलोपटक गाएको हल्दार सापकी छोरी बोलको गीत भिडियोसहित शनिबार ओएसआर डिजिटलको युट्युब च्यानलबाट रिलिज गरिएको छ।

सम्राटले पुरानो रहर पूरा गर्न पहिलोपटक गाएको गीत रमाइलो ढंगको छ। यसको भिडियो पनि रमाइलो प्रकारले तयार पारिएको छ।

‘मेरो स्वर त खास छैन। तर, गीत गाउने रहर धेरै पुरानो हो।  गीत रचना राजेश गुरुङ रहरको हो। गीत गाउने रहर चाहिँ मेरो हो’ सम्राटले रमाउँदै भने ‘अभिनय र निर्देशन त गर्दै आएको हो। गायनमा दर्शक स्रोताले कत्तिको स्विकार गर्नुहुन्छ भनेर टेस्ट गर्न पहिलोपटक यो गीत गाएको हुँ। दर्शक स्रोताले रुचाइ दिनुभएको खण्डमा दुई चारवटा अरु गीत पनि गाउँछु। नत्र सोच्नै पर्छ।’

राजेश गुरुंङ ‘रहर’ को शव्द रचना रहेको गीतमा संगीत सम्राट थापाले भरेका छन् भने रेकर्डिङ र मिक्सिङ डीजे एलेक्सको रहकोे छ।

गीतमाथिको भिडियो अभिनेता तथा निर्देशक सम्राट सापकोटा स्वयंले निर्देशन गरेका छन् भने भिडियोमा अभिनय पनि गरेका छन्।

छायांकन कृष्ण श्रेष्ठ र सम्पादन विपिन मल्लको रहेको भिडियोमा सम्राट सापकोटाका साथमा साक्षी लम्साल, नारायण प्रधान, हरि कृष्ण लामा, कृष्ण श्रेष्ठलगायतले अभिनय गरको छन्।

प्रतिक्रिया दिनुहोस्