सरोज खनालको जिउँदा देवता भिडियोमा



काठमाडौं ।

गायक प्रवीण बेडवालद्वारा स्वरबद्ध नयाँ गीत जिउँदा देवताको सांगीतिक लघु फिल्म सार्वजनिक गरिएको छ। गीतकार संगीतकार महेश्वर पन्तको रचना तथा संगीत रहेको मार्मिक गीतको सांगीतिक लघु फिल्म सार्वजनिक गरिएको हो।

भिडियोमा पछिल्लो समयमा नेपाली समाजमा भइरहेका समसामयिक विषयवस्तु प्रस्तुत गरिएको छ। सन्तानका लागि सर्वश्व त्याग्न तयार बुवा–आमालाई ठूलो भएपछि सन्तानले गर्ने हेलालाई विषय बनाई तयार पारिएको भिडियोले मानविय समवेदना प्रस्तुत गरेको छ।

लोकप्रिय अभिनेता तथा निर्देशक सरोज खनालद्वारा निर्देशित भिडियोलाई उनले फिल्म जसरी कथानक ढंगले मर्मस्पर्शीरूपमा प्रस्तुत गरेका छन्।

बाबु–आमा जिउँदा देवता हुन् र उनीहरूको मान सम्मान र आत्मसम्मानमा कहिल्यै ठेस नपुगोस् भन्ने सन्देश प्रवाश गरिएको भिडियोमा अभिनेत्री गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापालाई फिचर्ड गरिएको छ।

भिडियोउत्सव दाहालले छायांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्