बालकुमारी घटनाको विषयमा प्रधानमन्त्रीकाे गठबन्धनका शिर्ष नेताहरुसँग छलफल



काठमाडौं । बालकुमारी घटनाको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका नेताहरुसँग छलफल गरेका छन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो दिउँसो भएको सो घटनाका बारेमा आज बिहान प्रधानमन्त्री दाहालले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुसँग छलफल गरेका हुन् ।

‘उक्त घटनाको बारेमा सम्माननीय प्रधानमन्त्रीज्यूले आज विहान वालुवाटारमा गठबन्धन दलका मुख्य नेतृत्वहरु, उपप्रधानमन्त्रीहरु, सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा प्रमुखहरुसङ्ग परामर्श बैठक जारी राख्नु भएको छ,’ प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले भने ।

उनका अनुसार प्रधानमन्त्री प्रचण्डले हिजो नै यो घटनाप्रति गहिरो दुख व्यक्त गर्दै घटनाका  विषयमा सत्यतथ्य छानबिन गर्न निर्देशन गरिसकेका छन् ।

हिजो दिउँसो कोरियाकाे इपिएस प्रणालीका बिषयलाई लिएर बेरोजगार समुहले भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर उनको सवारीमा आगजानी गरेका थिए । प्रदर्शनकारीले आगजानी गरे पछि प्रहरीले स्थीति नियन्त्रणमा लिनका लागि चलाएको गोली लागे दुई बेरोजगार युवाको मृत्यु भएको थियो । जसको अहिले चौतर्फी आलोचना भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्