धरहरामा बस्यो माया जाल



काठमाडौं ।

गायक गायिका कृष्ण काफ्ले र शान्तिश्री परियारको स्वरमा धरहरामा बस्यो माया जाल बोलको गीत सार्वजनिक भएको छ।

सपना बानियाँको शब्द, सुन्दर लामाको संगीत रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो। आदित्य बुढाथोकीको निर्देशन र केशवराज भट्टको नृत्य निर्देशन रहेको गीतको भिडियोमा राज टाइगर र सोफी धरेललाई फिचरिङ गरिएको छ।

राज र सोफीको जोडी भिडियोमा आकर्षक देखिएको छ। मानकृष्ण महर्जनको छायांकन रहेको भिडियोमा पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको कलर रहेको छ।

प्रतिक्रिया दिनुहोस्