नेपाल बैंक ९० वर्षमा


काठमाडौं।

नेपाल बैंकले स्थापनाको ९०औँ वर्ष पूरा गरेको छ । वि.सं. १९९४ कात्तिक ३० गते स्थापना भएको बैंकले नौ दशकदेखि नेपालको आर्थिक तथा वित्तीय विकास, बैंकिङ सेवाको विस्तार र वित्तीय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

बैंकले प्रविधिमा आएको परिवर्तनसँगै आफ्ना सेवा तथा सुविधालाई आधुनिक, सहज, सुरक्षित र ग्राहक केन्द्रित बनाउँदै आएको जनाएको छ । वार्षिकोत्सव विशेष प्रचारप्रसारले बैंकको संस्थागत पहिचान थप सुदृढ गर्नुका साथै सर्वसाधारणमा वित्तीय तथा बैंकिङ सेवासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । बैंकले यस अवसरमा सञ्चारमाध्यमसँग सहकार्य र समन्वय गर्दै आफ्नो गौरवमय इतिहास तथा भावी प्रतिबद्धतालाई व्यापक रूपमा सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।