काठमाडौं
मिसेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज ‘प्राइमसी ५’ नेपाली बजारमा उपलब्ध भएको छ । नेपालका लागि मिसेलिनको आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्रालिमार्फत उक्त टायर बिक्री वितरण सुरु गरिएको हो ।
आधुनिक प्यासेन्जर कारलाई लक्षित गरी तयार गरिएको प्राइमसी ५ पाँच फरक साइजमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार १९५-५५ आर १६, २०५-६० आर १६, २०५-६५ आर १६, २१५-६० आर १६ र २१५-६० आर १७ साइजका टायर नेपाली बजारमा ल्याइएको हो ।
यी टायर हुन्डाई क्रेटा, किया सेल्टोस, जिप कम्पास, बीवाईडी एट्टो २ र एट्टो ३, नामी बक्स, सुजुकी ब्रेजा, टाटा नेक्सन, हुन्डाई आई २०, होन्डा सिटी, सुजुकी स्विफ्टलगायत विभिन्न प्यासेन्जर कार तथा एसयूभीका लागि लक्षित छन् ।
गुणस्तर, प्रविधि र नवीनताका लागि अन्तर्राष्ट्रिय बजारमा परिचित मिसेलिनको प्रिमियम सिरिज नेपाली बजारमा उपलब्ध भएसँगै उपभोक्ताले आफ्नो सवारीसाधनअनुसार अन्तर्राष्ट्रिय ब्रान्डको टायर छनोट गर्ने थप अवसर पाउने कम्पनीले जनाएको छ । टायरको साइज, उपलब्धता तथा खरिदसम्बन्धी जानकारी सिप्रदी अटो पाट्र्समार्फत प्राप्त गर्न सकिनेछ ।











प्रतिक्रिया