कांग्रेस मधेश प्रदेश सम्मेलनमा मर्यादाक्रमको विवाद



जनकपुधाम

नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ ।

बिहीबारदेखि जनकपुरधामको तिरहुतिया गाछीमा शुरु भएको कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर, सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै विवाद देखिएको छ।

प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले बहिष्कार गरे । सम्मेलनमा पुगेका नेता बिमलेन्द्र निधिले भने आसन ग्रहण गर्न मानेनन् ।

आसन ग्रहणका लागि पूर्व उपसभापति समेत रहेका नेता निधिलाई पटक पटक मञ्चमा बोलाए पनि उनी दर्शकदीर्घामै बसिरहे ।

सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री महेन्द्र यादव, प्रवक्ता प्रकाशशरण महत लगायत नेताहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्