साउदी लिग: अल रियादमाथि अल नासरको सहज जित


काठमाडौं ।

साउदी प्रो लिग अन्तर्गत अल नासरले अल रियादलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा टालिस्काले २ गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डो र ओटाभियोले एक एक गोल गरेका थिए । त्यसैगरी अल रियादका लागि आन्द्रे ग्रेले एक गोल गरेका थिए ।

यो यस सिजनमा अल नासरको १२औं जित हो । १६ खेलमा १२ जित, एक बराबरी र ३ हारसहित अल नासरको ३७ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ ।अल नासर शिर्ष स्थानमा रहेको अल हिलाल भन्दा ७ अंकले पछाडी रहेको छ । त्यसैगरी अल रियादको भने १६ खेलमा १६ अंक रहेको छ र लिगमा १४औं स्थानमा छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।