गृहमन्त्री श्रेष्ठ र प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुबीच भेटघाट 


काठमाडौँ। 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरूले आज गृह मन्त्रालयमा संयुक्त भेटघाट गरेका छन्।
त्यसक्रममा प्रदेशमा प्रहरी समायोजन प्रक्रियालाई छिटो टुङ्गो लगाउनेबारे छलफल भएको थियो।

उपप्रधानमन्त्री श्रेष्ठले सरकार संघीयतालाई बलियो बनाउन आवश्यक ऐन निर्माण, संशोधन र कार्यविधि तय गर्न लागिरहेको तथा प्रहरी समायोजन प्रक्रियालाई प्राथमिकतामा टुङ्ग्याइने बताए।”वर्तमान सरकारले नै प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउछ”उपप्रधानमन्त्री श्रेष्ठले भने “हतपतमा नगरौँ राम्रो गरौँ राम्रो गर्दा ढिलो नगरौँ ।”

भेटघाटका क्रममा मन्त्री गंगानारायण श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन, वाग्मती प्रदेश,मन्त्री मोहम्मद समिम गृह, सञ्चार तथा कानुन, मधेस प्रदेश,मन्त्री सन्तोष कुमार पाण्डे  गृह, सञ्चार तथा कानुन, लुम्बिनी प्रदेश,मन्त्री कृष्ण बहादुर जि.सी. – आन्तरिक मामिला तथा कानुन, कर्णाली प्रदेश,मन्त्री शिवराज भट्ट – आन्तरिक मामिला तथा कानुन, सुदूरपश्चिम प्रदेश,मन्त्री सरस्वती अर्याल तिवारी – ऊर्जा, जलश्रोत तथा खानेपानी (प्रतिनिधि) गण्डकी प्रदेश र मन्त्री शमशेर राई – गैर विभागीय (प्रतिनिधि आन्तरिक मामिला तथा कानुन) कोशी प्रदेश सहभागी थिए।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।