‘पीएम गतिशक्ति मास्टर प्लान’बारे नेपालका पत्रकारलाई ‘ब्रिफिङ’



नयाँ दिल्ली ।

  प्रधानमन्त्री गति शक्ति राष्ट्रिय गुरु योजना (पीएम गतिशक्ति मास्टर प्लान) बारे भारतले नेपालका पत्रकारलाई ‘ब्रिफिङ’ गराएको छ । भारतीय उद्योग वाणिज्य मन्त्रालयले नेपालबाट आएको पत्रकाहरुकाे  प्रतीनिधिमण्डल्लाई मंगलबार ब्रिफिङ गरेको हो ।

मास्टर प्लानबारे  भारतीय वाणिज्य मन्त्रालयको उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव सुमिता डाउराले बुझाएकी हुन्।

उनले ब्रिफिङ गर्दै समृद्धिको यात्रामा चाँडो पुग्न भारतले पीएम गतिशक्ति मास्टर प्लान बनाएर काम गरेको जानकारी गराउँदै प्रविधिको उच्चतम प्रयोग गरी  नेपालले पनि यस्तो प्लान बनाएर काम गर्न सक्ने सुझाव दिइन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस मास्टर प्लानका बारेमा छलफल समेत गरेका थिए ।  स्वतन्त्र युवा प्रजातान्त्रिक संघका अध्यक्ष अरविन्द महतोको नेतृत्वमा पत्रकारको टोली भारत भ्रमणमा आएको हो। भारतीय टोलीको प्रस्तुति पछि भ्रमण टोलीका संयोजक महतोले प्रस्तुतिका लागि धन्यवाद दिँदै आवश्यक विषयहरुमा सहकार्य गरेर अघि बढ्ने बताए । नेपालका १६ पत्रकारकाे टाेली भारत भ्रमणमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्