एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट शुरु हुँदै


काठमाडौं ।

प्रेस चौतारीको केन्द्रिय समिति बैठक आजबाट शुरु हुँदैछ । दार्चुला जिल्लामा आज देखि सुरु हुने बैठकको ब्यवस्थापन दार्चुला जिल्ला समितिले गरेको चौतारीले जनाएको छ ।

सदरमुकाम खलंगामा हुने उक्त सम्मेलनमा सहभागी हुनका लागि देशैभरीबाट चौतारीका केन्द्रीय सदस्य पुगिसकेका छन् । नेकपा एमाले निकट चौतारीले पार्टीको आगामी १४ गतेबाट हुने मध्य पहाडी लोकमार्ग पदयात्रालाई लक्ष्यमा राखेर दार्चुलामा केन्द्रिय समिति बैठक बोलाएको हो । सो पदयात्रा दार्चुलाको झुलाघाटबाट सुरु हुदैँछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।