रास्वपाको केन्द्रिय समिति र दलको बैठक आज पनि



काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक जारी रहेको छ । पहिलो पटक काठमाडौं उपत्यका बाहिर केन्द्रिय समिति र संसदीय समितिको बैठक गरिरहेको रास्वपाले महोत्तरीको जलेश्वरमा उक्त बैठक गरिरहेको छ।

सो बैठक मंसिर ११ बाट सुरु भएर १३ गतेसम्म गरी तीन दिनसम्म चल्ने महासचिव मुकुल ढकालले जानकारी दिएका थिए । जसअनुसार आज बिहान सुरूमा केन्द्रीय समिति बैठक बस्नेछ भने त्यसपछि संसदीय दलको बैठक बस्नेछ ।

हिजो देखी सुरु हुने बैठकमा पार्टीको राजनीतिक प्रतिबेदन, आर्थिक प्रतिवेदन,  केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका प्रतिवेदन, सांगठनिक प्रतिवेदनलगायत छलफलका अजेन्डा रहेका छन् । सो बैठकले पार्टीको राजनीतिक रोडम्यापका बारेमा आवाश्यक निर्णय लिनेछ ।उक्त बैठकमा जिल्लाका सभापतिहरुको पनि उपस्थिति रहने छ ।

प्रतिक्रिया दिनुहोस्