सशस्त्र प्रहरी वरिष्ठ निरीक्षकदेखि हवल्दारसम्म रिक्त पदका लागि बढुवा खुल्याे



काठमाडौं ।

सशस्त्र प्रहरी बल, नेपालले मंसिर ८ गते सशस्त्र प्रहरी साधारण समूह, साधारण उपसमूहलगायत अन्य समूह (स्वास्थ्य, संचार तथा ईन्जिनियरिङतर्फ) रिक्त पदमा बढुवाको लागि सूचना प्रकाशित गरेको छ ।

विविध कारणले रिक्त हुने पदहरुमा लामो समयसम्म रिक्त नराखी योग्य उम्मेदवारले समयमा नै बढुवाको अवसर प्राप्त गरुन् भन्ने संगठनको नीति अनुरुप बढुवाको लागि सूचना प्रकाशित गरिएको हो ।

मुख्यालयले सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक, सशस्त्र प्रहरी नायव निरीक्षक, सशस्त्र प्रहरी बरिष्ठ हवल्दार र सशस्त्र प्रहरी हवल्दार पदमा बढुवाका लागि एकै पटक सूचना प्रकाशित गरेको छ ।

यसैगरी सशस्त्र प्रहरी सेवा प्राविधिक समूह स्वास्थ्य र प्राविधिक समूह संचार तथा इन्जिनियरिङ्गतर्फ प्राविधिक सशस्त्र प्रहरी बरिष्ठ नायव निरीक्षक पदमा बढुवाको लागि सूचना प्रकाशित गरिएको छ ।

प्रकाशित सूचनाअनुसार बढुवाका लागि योग्य उम्मेदवारले आफूले प्राप्त गरेको शैक्षिक योग्यता र बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रहरुको प्रतिलिपिहरु संलग्न गरी मूल्यांकन फाराम भरी सूचना प्रकाशन भएको १० दिनभित्र बढुवा समितिको सचिवालयमा पेश गर्नुपर्नेछ ।

यसअघि खाली रहेको सशस्त्र प्रहरी सेवा प्राविधि समूह स्वास्थ्य र संचार तथा ईन्जिनियरिङतर्फको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा हालै बढुवाद्वारा पदपूर्ति भईसकेको छ  ।

प्रतिक्रिया दिनुहोस्