एमालेका समसामयिक चार  प्रस्ताव

अराजक असहिष्णु गतिविधिको विरोध, समृद्धि का लागि सङ्कल्प यात्रा, १ लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको ऐक्यबद्धता  



धादिङ ।

नेकपा एमालेको १० औँ बैठक समसामयिक प्रस्तावहरु पारित गर्दै सकिएको छ ।

जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध विभिन्न अराजक समूहहरुबाट भइरहेको अराजक, असहिष्णु र संविधान विरुद्ध भइरहेको गतिविधि संचालन गर्नेहरुलाई छाडा छाडेकोमा सरकारप्रति आपत्ति प्रकट गरेको छ ।

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म चल्ने लैङ्गिक हिंसा विरुद्धको  १६ दिने अभियानप्रति नेकपा एमालेले एक्यवद्धता व्यक्त गर्दै महिलामाथि  हुने सबै प्रकारका विभेद र हिंसाप्रति खेत प्रकट गरी  समानता र न्यायमा आधारित समाज निर्माणको वातावरण सिर्जना गर्न पार्टीका सबै कमिटी परिचालित गर्न निर्देशन गरेको छ ।
बढ्दो महँगी, तस्करी, भ्रष्टाचार, अराजकता, असहिष्णु र आर्थिक संकटको जिम्मेवार वर्तमान गठबन्धनको सरकार भएकोले सरकारको कुकृत्यको बैठकले भर्त्सना गरेको छ ।

नेकपा एमालेले मध्यपहाडी लोकमागको झुलाघाटबाट चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्राको क्रममा मंसिर २३ गते धादिङको आरुघाटबाट स्वागत गर्दै अभियानमा समन्वय र सहकार्य गर्दै एमाले सिङ्गो टिम लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेकपा एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीको अध्यक्षतामा बसेको बैठकले धादिङमा अाईपुगने पदयात्राकाे अबसरमा अाम धादिङबासीलाई सल्यानटार, खहरे, लपाङफेदी,  कटुन्जे लगायत क्षेत्रमा सहभागी हुन आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्