न्यूक्यासलसँग ४-१ ले हार्यो चेल्सी


काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले लज्जास्पद हार बेहोरेको छ । गएराती सम्पन्न खेलमा न्यूक्यासल युनाइटेडले चेल्सीलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

न्यूक्यासलको जितमा अलेक्जाण्डर् इसाक, जामल लाससेल्लेज, जोएलिनटन र एन्थोनी गोर्डनले एक एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि एक गोल रहिम स्टरलिङले गरेका थिए । यस खेलमा खेलको ७३औं मिनेटमा रिच जेम्सले रातो कार्ड पाउदा चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि न्यूक्यासल युनाइटेडको १३ खेलमा २३ अंक भएको छ र लिगमा छैटौं स्थानमा रहेको छ । त्यस्तै चेल्सीको भने यस सिजनमा यो पाँचौं हार हो । यो हारपछि चेल्सीको १३ खेलमा १६ अंक भएको छ र लिगमा १०औ स्थानमा रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।