दुर्गा प्रसाईँको कार्यक्रममा पुगेर सांसद शाही भने- राप्रपाकाे समर्थन छ



काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरेको काठमाडौँको बल्खुकेन्द्रित आन्दोलनमा राप्रपाका सांसद् तथा प्रवक्ता ज्ञानेन्द्र शाही पुगेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको पार्टीको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने बताएको छ । दुर्गा प्रसाईको समर्थक बल्खु छाडेर कालिमाटी हुने निषेधित क्षेत्र जान लागेपछि अवस्था तनावग्रस्त  भएकाे थियाे  ।

भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास तथा पानीका फोहोरा प्रहार गरेको थियो। प्रसाईंका समर्थक र प्रहरीबीच झडप हुँदा एक जना गम्भीर घाइते भएका छन् । सो झडपमा २६ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्