बल्खु तनावग्रस्त: प्रहरीद्वारा हवाई फायर, दुई प्रदर्शनकारी घाइते



काठमाडौं ।

काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडपका क्रममा दुई जना प्रदर्शनकारी घाइते भएका छन् ।

दुर्गा प्रसाईं समूहका प्रदर्शनकारीले सुरक्षा घेरा तोडेपछि प्रहरीसँग दोहोरो झडप भएको हाे  । प्रदर्शनकारीले सिंहदरबार घेर्न जाने भन्दै प्रहरी घेरा तोडेर अघि बढेपछि त्यहाँ तनाव बढेको हो । प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र हवाई फायर गरेिको छ ।

प्रतिक्रिया दिनुहोस्