गणतन्त्रविरुद्ध लाग्ने प्रति सरकार सतर्क छ : शशांक कोइराला


चितवन। 

 नेपाली काङ्ग्रेसका नेता डा शशांक कोइरालाले गणतन्त्र विरोधी गतिविधि गर्नेप्रति सरकार सतर्क भएको बताएका छन्  । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै नेता कोइरालाले ठूलो त्याग र बलिदानबाट प्राप्त उपलब्धि रक्षाका लागि सरकार सतर्क भएको स्पष्ट पारे ।

तरल अवस्थामा उश्रृङ्खल गतिविधि हुनसक्ने भन्दै सरकारले सतर्कता अपनाएको उनको भनाइ छ । उनले सहरमा जम्मा भई हो–हल्ला गरेर समस्याको समाधान नहुने धारणा राखे ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।