सुरक्षा घेरा तोड्न खोजेपछि बल्खुमा प्रर्दशनकारी र प्रहरीबीच झडप, स्थिति तनावग्रस्त



काठमाडौँ।

काठमाडौंको बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप भएको छ ।

बल्खुमा चक्रपथमा प्रदर्शन गरिरहेकाहरुले प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ । प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् । प्रहरी र प्रदर्शनकारी बिच झडप जारी छ ।

तस्वीर:अनिल आङदेम्बे

प्रतिक्रिया दिनुहोस्