काठमाडौँ।
नेकपा एमालेका नेता महेश बस्नेतले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन्।
बिहीबार काठमाडौँको तीनकुनेमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै बस्नेतल भने ‘लोकतन्त्रको विरुद्ध राजतन्त्र हुन सक्दैन । जुँगा मठारेर बसेका ज्ञानेन्द्रलाई निर्मल निवासमा बस्न मन छ कि छैन ?’–
राजतन्त्रको नाममा यस्तै अराजक गतिविधि बढ्दै गए र पूर्वराजा ज्ञानेन्द्रले समर्थन जनाउँदै गएमा एक दिन उनले देश छाड्ने दिन आउने उनको दाबी छ ।