धनकुटामा एकैघरका तीन जना मृत फेला



धनकुटा।

धनकुटा नगरपालिका-१ निगालेमा बुधबार राति एकै घरका तीन जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३७ का टीका गुरुङ, उनकी ३८ वर्षीया पत्नी झुमा र ११ वर्षका छोरा आयुष रहेको प्रहरीले जनाएको छ।

टीकाले मादक पदार्थ सेवनगरी पत्नी र छोराको हत्या गरी आफूले झुन्डिएर आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार उनकी ६ वर्षकी छोरी आशिका भने सकुशल छिन् ।

अहिले प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ । मृत्युको कारण खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्