मकवानपुर केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प



काठमाडौँ ।

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहिबार बिहान करिब १ बजेर १९ मिनेटमा नौबिसेबाट ३ किमी आसपासमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौँ नजिकै भएकाले काठमाडौं, काभ्रे र आसपासका धेरै स्थानमा भुकम्पको धक्का महसुस भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्