प्रहरी एकेडेमीको जग्गाका व्यक्तिको नाममा दर्ता गर्न खोज्ने एकजना पक्राउ



काठमाडौँ।

प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई भोगचलनका लागि दिइएको जग्गा व्यक्तिको नाममा दर्ता गर्न खोजेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।काभ्रेको पनौती नगरपालिकास्थित सुनथान घर भई बनेपा नगरपालिका वडा नं ७ बस्ने ६७ वर्षीय पुस्करबहादुर बस्नेत पक्राउ परेका हुन्।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लेबनेपा नगरपालिका वडा नं ७ बाट मंगलबार पक्राउ गरेको हो।

सरकारले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई सुनथानस्थित वन क्षेत्रको जग्गा भोगचलनका लागि दिएको थियो । बस्नेतले उक्त जग्गाको केही भाग व्यक्तिको नाममा ल्याउन सरकारी कागजात कीर्ते गरेको अनुसन्धानमा खुलेकाले उनलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

पुष्करलाई काभ्रे जिल्ला अदालत धुलिखेलबाट लिखित सम्बन्धि कसुरको मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्