रिडी पावर कम्पनीका पूर्वअध्यक्ष न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा



काठमाडौँ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको छ ।

विभागले सेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विभागले उनीमाथि १ करोड ९९ लाख रुपैंया विगो मागदावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्