गोदावरीमा मिनी ट्रक दुर्घटना १ को मृत्यु, १७ जना घाइते



काठमाडौं ।

काठमाडौं । कैलालीको गोदावरीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने १७ जना घाइते भएका छन्।

गोदावरी नगरपालिका-४ मा सोमबार साँझ से१ख १४३८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुर्घटनामा डोटीको जोरायल गाउँपालिका-२ की ५८ वर्षीया शोभा बिकको घटनास्थलमै मृत्यु भएको हो।दुर्घटनामा घाइते १७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उनीहरुको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, माया मेट्रो अस्पताल र अत्तरियाको पद्यमा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्