विश्वकप फाइनल : भारतविरुद्ध हेडको शतक



काठमाडौं ।

विश्वकपको फाइनलमा अष्ट्रेलियाका ट्राविस हेडले शतक बनाएका छन् ।

भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाको सुरुवात राम्रो थिएन । ४७ रन जोड्दा महत्वपूर्ण ३ विकेट गुमाएको अष्ट्रेलियाका हेडले मार्नश लाबुेशेनसँग मिलेर पारी सम्हाले ।

त्यसक्रममा उनले शतक पुरा गरे । शतक बनाउने क्रममा ९५ बलको सामना गरेका उनले १४ चौका र एक छक्का हानेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्